Logo
Logo

रमेशप्रसाद ‘मेरो अतीत मेरो अनुभव’ लोकार्पण


189
Shares

काठमाडौं । शिक्षाविद् तथा लेखक रमेशप्रसाद गौतमको ‘मेरो अतीत मेरो अनुभव’ पुस्तक लोकार्पण गरिएको छ । हिमालय टाइम्सद्वारा आज यहाँ आयोजित कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले उक्त पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रममा पूर्वसभामुख ढुङ्गानाले शिक्षा क्षेत्र नउठाई देश उठाउन नसकिने बताए । ‘शिक्षालाई प्राथमिकता दिन नसकेका कारण मुलुकमा वर्तमान अवस्थामा शिक्षाको खस्किँदो अवस्थामा सरकारी विद्यालयको स्तरीयता बढाउनका लागि लेखकको पुस्तकको ठूलो योगदान रहने छ ।’ नागरिक शिक्षालाई प्रवर्द्धन गर्नमा लेखकले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।

लेखक गौतमले उक्त आत्मकथा जीवनको अनुभवलाई समेटी अमरत्वका लागि प्रकाशन गरेको बताए । उनले भने, ‘जीवनका अनेक उत्तारचढावमा तथा बाल्यकालदेखि शिक्षा क्षेत्रमा आबद्ध हुदाँका अनुभव पुस्तकमा समेटेको छु ।’

कुनै व्यक्तिको मान र मर्यादालाई हेरि सत्यता बोल्न ठराउन नहुने उल्लेख गर्दै उनले सही र सत्यताको विषयमा आवाज उठाउन पछि पर्न नहुने सन्देश पुस्तकले दिएको बताए ।

हिमालय टाइम्सका प्रधानसम्पादक पुरुषोत्तम दाहाले लेखकले व्यक्तिको व्यक्तित्व बचाएको बताए । उनले भने, ‘व्यक्तिको ज्ञानको पाठशाला नै अनुभव हो । जसलाई लेखकले सार्वजनिक गर्नु सान्दर्भिक छ । यिनै अनुभव इतिहास, वर्तमान र भविष्यको मार्गदर्शनका रुपमा रहेका छन् ।’

कार्यक्रममा मुलुकको वर्तमान शैक्षिक क्षेत्रको परिस्थितिमा शैक्षिक जागरण, प्रवद्र्धनका निम्ति पुस्तकले पथप्रर्दशकको रुपमा भूमिका निर्वाह गर्ने पूर्व शिक्षामन्त्री एवम कांग्रेस नेता अर्जुननरसिंह केसीले बताए ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले पुस्तक शिक्षामा समर्पित व्यक्तिको जीवन्त कथा रहको बताए । शिक्षा क्षेत्रमा निरन्तररुपमा सकारात्मक परिवर्तनका लागि लेखकले लिएका नेतृत्वको परिणामले पुस्तक प्रकाशन भई सार्थकता पाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्