Logo
Logo

एसइई दिन होस्टल बसेकी छात्रा शिक्षकद्वारा बलात्कृत



दाङ स् दाङको शान्तिनगर गाउँपालिकामा एक शिक्षकले विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो।

सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार मंगलबार इप्रकामा जाहेरी परेको हो ।

सबै साथीहरुसँग बसेर परीक्षाको तयारी गरिरहेका बेला शिक्षकले पीडित बालिकालाई काम छ भन्दै बाहिर बोलाएर भवनको भर्‍याङमुनि लिएर जबरजस्ती करणी गरेको पीडितले बयान दिएको प्रहरीको भनाइ छ। शिक्षक पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए ।

उनी सोही विद्यालयका प्रावि शिक्षक हुन्। जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको डिएसपी मल्लले बताए । पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनको मंगलबार नै स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्