Logo
Logo

कर्णालीमा राप्रपाद्वारा प्रमुख प्रतिपक्ष दावी



सुर्खेत । कर्णाली प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुख प्रतिपक्षको दावी गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा राप्रपाकी सांसद सन्तोषी शाहीले कर्णाली सभामा प्रतिपक्षको दाबी गरेकी हुन् ।

सांसद शाहीले जनता र राष्ट्रको हितविपरीत आफ्नो दलगत स्वार्थमा कर्णाली प्रदेश सरकारको काम कारबाहीमाथि निगरानी गर्ने बताइन् । उनले सकारात्मक काममा रचनात्मक सहयोगसँगै कमजोरीमा खबरदारी गर्ने बताएकी छन् ।

सत्तापक्ष पनि प्रतिपक्ष हुने भन्ने कुरा नेपालको संविधान ऐन कानूनविपरीत मात्रै नभएर यस्तो परिदृश्य देखिनु संविधानको ठाडो उल्लंघन भएकोसमेत टिप्पणी गरिन् । उनले भनिन्, ‘देश विधि र संविधानले चलाउन सक्नुपर्छ । कर्णाली प्रदेशको प्रतिपक्ष दल राप्रपा हो । राप्रपालाई प्रतिपक्ष दलको रूपमा यो सदनमा सीटको व्यवस्था होस् ।’

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै राप्रपाले माओवादी सरकारमाथिको समर्थन फिर्ता लिएको थियो । मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत लिँदा राप्रपाबाहेक सबै दलले मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्