
काठमाडौं । इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड विजयी भएको छ । बुधबार राति युनाइटेडको घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टरले ब्रेन्टफोर्डलाई १–० ले पराजित गरेको हो ।
पहिलो हाफको २७ औं मिनेटमा रासफोर्डले गरेको एक मात्र गोल युनाइटेडलाई तीन अंक दिलाउन पर्याप्त बन्यो । जितसँगै २८ खेलबाट ५३ अंक जोडेको युनाइटेड अंक तालिकाको चौथौ स्थानमा यथावत छ भने ब्रेन्टफोर्ड ४३ अंकसहित नवौं स्थानमा छ ।











