Logo
Logo

इजरायलमा भएको आक्रमणको इयुद्वारा निन्दा


एजेन्सी


ब्रसेल्स । युरोपेली संघले शनिबार इजरायलमा भएको घातक हमला र लेबनानबाट प्रहार गरिएको रकेट ब्यारेजको निन्दा गरेको छ ।

संघले सबै पक्षलाई ‘संयम’ अपनाउनका लागि आह्वानसमेत गरेको छ । ‘ईयुले यस किसिमका हिंसापूर्ण गतिविधिको पूर्णनिन्दा गर्दछ । हिंसा बन्द हुनुपर्छ’, ब्लाकका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलमा शुक्रबारको आक्रमणपछि विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।

कब्जा गरिएको वेस्ट बैंकमा गोली हानाहानमा १६ र २० वर्षका दुई बेलायती–इजरायली दिदीबहिनीको मृत्यु भएको र आमा गम्भीर घाइते भएकी छन् भने तेल अवीभमा साइकल चलाउने बाटोमा हिँडिरहेका मानिसलाई कारले ठक्कर दिँदा एकजना इटालियन पर्यटकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

बोरेलले गाजा पट्टी र लेबनानबाट भएको ‘अन्यधुन्ध’रकेट फायरको पनि निन्दा गरेका छन् ।

यसैगरी जेरुसेलमको अल–अक्सा मस्जिदभित्र बुधबार इजरायली प्रहरी र प्यालेस्टिनीबीच झडप भएको हुँदा इजरायलले गाजा र लेबनान दुबैमा प्यालेस्टाइनी लडाकुले रकेट फायर गरेपछि इजरायलले बमबारी गरेपछि हिंसा बढेको बताएको छ ।
बोरेलले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गर्दै तनाव कम गर्न र जारी धार्मिक विवाद शान्त पार्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्