Logo
Logo

२ लाख ६८ हजार नक्कली नोटसहित एक जना पक्राउ


567
Shares

सर्लाही । सर्लाहीमा नक्कली नोटसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित बलरा नगरपालिका-५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई शनिबार पक्राउ गरेको हो ।

बरहथवा नगरपालिका-१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट लिएर हिडिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको सलार्ही प्रहरीका डिएसपी तथा प्रवक्ता डीएसपी कैलाश राईले जानकारी दिए। उनका अनुसार पक्राउ रायका साथवाट १ हजारका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको हो ।

प्रहरीले राय सवार भारतीय नम्बर प्लेटको बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकलसहित अर्को भारतीय नम्बर प्लेटको गरी दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ

प्रतिक्रिया दिनुहोस्