Logo
Logo

आइपीएलमा चेन्नाईको लगातार दोस्रो जीत


630
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जीत हासिल गरेको छ । 

शनिबार चेन्नाईले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेर दोस्रो जीत हासिल गरेको हो । यता मुम्बई आफ्नो सुरुआती दुवै खेलमा लगातार पराजित हुन पुगेको छ ।

मुम्बईले दिएको १ सय ५८ रनको लक्ष्य पछयाउँदै चेन्नाईले तीन विकेट गुमाएर १८.१ ओभरमै पूरा गरेको थियो । चेन्नाईका लागि अजिन्के रहानेले सर्वाधिक ६१ रन बनाएका थिए । 

त्यस अगाडि मुम्बईले आठ विकेटमा १ सय ५८ रनको लक्ष्य चेन्नाईलाई दिएको थियो ।  उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए ।

ओपनर ऋतुराज गायकवाडले ३६ बलमा ४० रन बनाए । दोस्रो विकेटका लागि ऋतुराज गायकवाड र रहाणेले ८२ रनको साझेदारी गरेका थिए ।

शिवम दुबे २६ बलमा २८ तथा अम्बाती रायुडू २० रनमा अविजित रहे । मुम्बईका लागि जेसन बेहरनडोफ, पियुष चवला र कुमार कार्तिकेले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । मुम्बईका ओपनर ईशान किशनले २१ बलमा ५ चौकासहित ३२ रन बनाउँदा टिम डेविडले २२ बलमा ३१ रन बनाए ।

तिलक बर्माले २२ रन बनाउँदा कप्तान तथा ओपनर रोहित शर्माले १३ बलमा २१ रन बनाए । चेन्नईका लागि रविन्द्र जडेजाले ३ तथा मिचेल स्यान्टनर,तुषार देशपान्डेले समान २/२ विकेट लिए । सिसान्डा मंगलाले १ विकेट लिए ।

जितसँगै तीन खेलबाट चार अङ्क जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा उक्लिएको छ । दुई खेलमा अङ्कविहीन मुम्बई तालिकाको आठौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्