Logo
Logo

एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्वीट्समा छुट


945
Shares

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित पशुपति प्लाजामा रहेको केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट पाउने भएका छन् ।

केसर स्वीट्स एण्ड फुड्सले उत्पादन गर्ने विभिन्न प्रकारका मिठाइका परिकारहरु खरिद गरेबापत ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् ।

उक्त छुटसम्बन्धी सम्झौतामा एनआईसी एशिया बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सका सहसंस्थापक प्रिया तयालले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोगकर्ताले केसर स्वीट्स एण्ड फुड्सबाट मिठाइका परिकार खरिद गर्दा डिजिटल माध्यमबाट भुक्तानी गरेमा छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्