Logo
Logo

बागमती प्रदेशमा दुई मन्त्री नियुक्त, बहादुरसिंह र तिर्थबहादुरले लिए शपथ


3.8k
Shares

काठमाडौं । बागमती प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।

त्यस्तै, कांग्रेसकै तिर्थबहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त भएका छन् ।

आज नियुक्त भएका मन्त्रीहरुले साँझ नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्रीद्वयलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राप्रपा र एमालेले छोडेका ७ मन्त्रालयमा आज २ मन्त्रालयको पदपूर्ति गरिएको र बाँकी ५ मन्त्रालयको पनि छिट्टै पदपूर्ति हुने बताए ।

प्रतिक्रिया दिनुहोस्