
काठमाडौं । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो ।
बार्सिलोनाले पटक पटक गोलका लागि प्रयास गरेको भए पनि जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले उसको कुनै पनि प्रयासलाई सफल हुन दिएनन । र, खेल गोलरहित बराबरीमा टुंगियो । ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो ।
दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १३ अंकले पछि पारेको बार्सिलोनाले २८ खेलबाट ७२ अंक बटुलेको छ भने जिरोना ३५ अंक जोडेर ११औं स्थानमा छ । दोस्रो स्थानको रियलसँग ५९ अंक रहेको छ ।











