Logo
Logo

निक्षेप ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय


1.6k
Shares

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा ल्याउने भएको छ । आज(बुधबार) विहान बसेको नेपाल बैंकर्स संघको बैठकले बैशाख १ गते देखि लागु हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको हो ।

संघको बैठले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय गरेको उपाध्यक्ष सन्तोष कोइरालाले बताए । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत छ । बैंकहरुले १.०१ प्रतिशत विन्दुले घटाउने निर्णय गरेका हुन् ।

यस्तै बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५०प्रतिशत हुन गरी ब्याजदर कायम गर्ने निर्णय भएको कोइरालाले जानकारी दिए । अहिले बचतमा बैंकहरुले ६ देखि ८ प्रतिशत ब्याजदर दिंदै आएका छन् ।

सबै तिरबाट एकल अंकको ब्याजदर कायम गर्नुपर्ने माग आएपछि एकल अंक हुने गरी नै ब्याजदर घटाएको उपाध्यक्ष कोइरालाले बताए ।

व्यवसायीले उठाउँदै आएको ब्याजदरको मुद्दा बैंकहरूको दर घटाउने निर्णयले सम्बोधन हुने देखिएको छ । बैंकहरूले माघदेखि ब्याजदर घटाउने निर्णय गरेका थिए । जसको प्रभावस्वरूप वैशाखदेखि ऋणको बेसरेट घट्नेछ । वैशाखदेखि घटाएको निक्षेपको ब्याजदरले साउनदेखि कर्जाको ब्याजदर घट्न मद्दत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्