Logo
Logo

गण्डकी प्रदेश सभाको अधिवेशन वैशाख ९ गतेका लागि आह्वान


189
Shares

कास्की । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले संसद् अधिवेशन आह्वान गरेका छन् । देश प्रमुख गुरुङले शुक्रवार विज्ञप्ति निकालेर यही वैशाख ९ गते शनिवार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

फाइल तस्बिर

बिहीवारको मन्त्रिपरिषद्को बैठकले अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेका हुन् ।

खगराज अधिकारी नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन फिर्ता लिँदै चैत १० गते सरकारबाट बाहिरिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेको थियो ।

विश्वासको मतका लागि एक महिने अवधि वैशाख ९ गतेसम्म रहेको छ । मुख्यमन्त्री अधिकारीलेसँग विश्वासको मतका लागि प्रस्ताव लैजाने वा राजीनामा दिने विकल्प रहनेछन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेको २२ र राप्रपाको दुई मत छ । त्यसबाहेक अब बन्ने सरकारका लागि कांग्रेसको २७, माओवादीको सभामुखसहित आठ सिट छन् । स्वतन्त्रबाट जितेका दीपक मनाङे एकीकृत समाजवादीमा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्