Logo
Logo

आईपीएल : पन्जावसँग लखनउ २ विकेटले पराजित


378
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किंग्स विजयी भएको छ ।

शनिबार राति भएको खेलमा सिकन्दर राजाको उत्कृष्ट प्रदर्शनमा लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गर्दै पन्जाव विजयी भएको हो । म्यान अफ दि म्याच राजाले ५७ रन बनाएपछि पञ्जावले १६० रनको लक्ष्य १९.३ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

राजाले ३१ बल खेल्दै ४ चौका र तीन छक्का प्रहार गरे । माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे ।लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।लखनउका लागि कप्तान केएल राहुलले ५६ बलमा ८ चौका र १ छक्का मदतमा ७४ रन बनाए । कायल मेयर्सले २९ रन जोडे ।

पन्जाबका कार्यवाहक कप्तान साम करनले ३ तथा कागिसो राबडाले २ विकेट लिए । तेस्रो जितपछि ५ खेलमा ६ अंक जोडेको पन्जाब चौथो स्थानमा उक्लेको छ । समान खेलबाट ६ अंक नै रहेको लखनउ राम्रो रनरेटमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्