Logo
Logo

एसीसी प्रिमियर कप आजदेखि, नेपाल र मलेसिया भिड्दै


693
Shares

काठमाडौं । एसीसी प्रिमियर कप आजदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने
उद्घाटन खेलमा घरेलु टोली नेपालले आज मलेसियासाग खेल्दै छ ।

उपाधिको दाबेदार मानिएको नेपाल मलेसियालाई हराउँदै प्रिमियर कपमा सुखद सुरुवात गर्ने योजनामा छ । नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् भने मलेसियाको कमानी अहमद फैजले सम्हाल्नेछन् ।

प्रिमियर कपको उपाधि विजेताले एसिया कपमा स्थान बनाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछन् । आईसीसी विश्वकप लिग–२ का पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल सोही लयलाई निरन्तरता दिने दाउमा छ ।

आजै हुने अर्को खेलमा हङकङले सिंगापुर खेल्नेछन् । सो खेल मूलपानी मैदानमा हुनेछ । यो खेलसँगै मूलपानी मैदानले अन्तर्राष्ट्रिय मान्यता पाउनेछ ।

प्रिमियर कपमा सहभागी १० टोलीलाई दुई सुमहमा विभाजन गरिएको छ । समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

प्रिमियर कप आगामी १८ ग सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा हुनेछ । समूहमा शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्