Logo
Logo

नेपालले पायो २३६ रनको लक्ष्य


756
Shares

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा मलेसियाले नेपाललाई २३६ रनको चुनौती दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेट गुमाउँदै २३५ रन बनाउन सफल भएको हो । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेको तीन–तीन विकेटमा मलेसिया मध्यम स्कोरमा समेटियो । त्यस्तै, ललित राजवंशीले दुई र गुलशन झाले एक विकेट लिए ।

मलेसियाका लागि अहमद फैजले ९५ बलमा ७६ रनको सर्वाधिक स्कोर बनाए। त्यसैगरी वीरन्दीप सिंहले ९४ बलमा ४६ रनको पारी खेले। त्यसबाहेक खिजार हायातको नाममा २२ रन र स्यार्जुल इड्रुसको नाममा २१ रन रह्यो।

प्रतिक्रिया दिनुहोस्