Logo
Logo

पहिचानको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूको अन्त्येष्टि शनिबार गरिने


756
Shares

विराटनगर । प्रदेश १ को नामांकनको विरोधमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)को शनिबार अन्त्येष्टि गरिने भएको छ । प्रदेशसभाले नामांकन गरेको ‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका उनको १० चैतमा मृत्यु भएको थियो । मृत्युको २९ दिनपछि उनको अन्त्येष्टि गर्न लागिएको हो ।

वैशाख ९ गते शव यात्रापछि अन्त्येष्टि गरिने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाङ्फेले जानकारी दिइन् । उनका अनुसार अन्त्येष्टि अघि शवलाई सुनसरीको धरान, इटहरी र विराटनगरमा श्रद्धाञ्जलिका लागि राखिनेछ ।

मुख्यमन्त्री कार्यालय विराटनगर अगाडि केही समय श्रदाञ्जलिका लागि शव राखेर बेलबारीमा लगेर अन्त्येष्टि गरिने भएको छ ।
प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिले पदमको परिवारजनसँग समान्वय गरी सम्मानपूर्वक अन्त्येष्टि गर्ने निर्णय भएको जानकारी दिएको छ ।

पहिचान पक्षधरको मागअनुसार सरकारले गत २४ चैतमा शहीद घोषणा गर्दै उनको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको थियो । ४२ वर्षीय लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए ।

प्रतिक्रिया दिनुहोस्