Logo
Logo

जापानको ओखोत्स्क सागरमा रुसी बमवर्षक विमानद्वारा गस्ती


एजेन्सी


मस्को । आठ रुसी टीयु–२२एम, ३ लामो दुरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकू प्रशिक्षणका निम्ति उडान गरेका छन् ।

रुसी रक्षा मन्त्रालयले बुधबार जनाएअनुसार मिसनका क्रममा टीयु–२२एम,३ ले रूसी प्रशान्त बेडाका सेनाहरूलाई हवाई सहयोग प्रदान गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विमानले हवाई क्षेत्रको प्रयोगको लागि अन्तरराष्ट्रिय नियमहरूको कडाईका साथ पालन गरेको बताइएको छ ।

यो गस्ती प्यासिफिक फ्लीटको लडाइको तयारीका सन्दर्भमा अचानकरूपमा सञ्चालन गरिएको विश्लेषण गरिएको छ । यो कार्यक्रम ‘समुद्रबाट सम्भावित शत्रुको आक्रामकतालाई हटाउने क्षमता निर्माण गर्ने’ उद्देश्यले अप्रिल १४ मा शुरू गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्