Logo
Logo

गण्डकीका मुख्यमन्त्रीले मागे विश्वासको मत


504
Shares

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत माग गरेका छन् । शनिबार दिउँसो नदीपुरस्थित प्रदेशसभा भवनमा बसेको बैठकमा मुख्यमन्त्री अधिकारीले १ सय ८८ को उपधारा २ अनुसार विश्वासको मत माग गरेका हुन् ।

दुई वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नमिल्ने कानुनी व्यवस्था हुँदाहुँदै अर्को बुँदा लगाएर सरकारले विश्वासको मत पुनः लिनुपर्ने अवस्था आएको उनले बताए । उनले भने, ‘अस्थिरताका वाहक हुने कि स्थायित्वको संवाहक हुने ? भन्ने प्रश्न यतिबेला उठेको छ । केन्द्रको छायाँ नभई एकबद्ध भएर लड्नुपर्छ भन्ने जवाफ खोज्नुपर्छ ।’

अस्थिरता कसले निम्त्याएको छ भन्ने प्रस्ट देखिएकाले जवाफ दिनुपर्ने समय आएको समेत उनले बताए । प्रदेशसभा बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्