Logo
Logo

ए डिभिजन लिग : सातदोबाटो र हिमालयन शेर्पा बराबरीमा रोकिए


567
Shares

काठमाडों । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा रोयल ब्लु सातदोबाटो युथ क्लब बराबरीमा रोकिएको छ । ललितपुरस्थित च्यासल मैदानमा आइतबार सातदोबाटोले हिमालयन शेर्पा क्लबसँग २–२ गोलको बराबरी खेलेको हो । खेलको पहिलो मिनेटमै दीपकराज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७२औं मिनेटमा निशान लिम्बुले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ८०औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा सुशील राईले गोल गर्दै हिमालयनलाई २–२ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ । हिमालयनले ११ खेलमा १० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्