Logo

बारा-२ को मतगणना सुरु



काठमाडौं । बारा-२ मा आइतबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । आज(आइतबार) बसेको सर्वदलीय बैठकको निर्णय अनुसार १२:३० बजेबाट मतगणना सुरु भएको हो ।

मतगणनास्थलहरूमा तारबार लगाएर सिसी क्यामेरा जडान गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । बारा-२ उपनिर्वाचनमा ८३ वटा मतदान स्थलमा रहेका १३७ मतदान केन्द्रबाट ६८ हजार ८८६ मत खसेको थियो । निर्वाचन कार्यालय बाराका अनुसार उक्त क्षेत्रमा १ लाख ५ हजार २४८ जना मतदाता रहेका छन् ।

बारा-२ मा गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका तर्फबाट पुरुषोत्तम पौडेल, जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रमेश खरेलबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

तनहुँ १ मा गत ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनबाट जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्