Logo
Logo

बुर्जुवा पत्रकारिताको भीडमा हरायो ‘मिशन’ पत्रकारिता


– मोहनचन्द्र अधिकारी


– मोहनचन्द्र अधिकारी

मिशन पत्रकारिता

तीस वर्षे निरंकुश पञ्चायती व्यवस्थामा राजनीतिक दलहरु प्रतिबन्धित अवस्थामा थिए । कति नेताहरु निर्वासनमा गए, कति भूमिगत भए, कति जेल परे । त्यस्तो बेलामा जनतालाई जगाउने माध्यम भनेकै मिशन पत्रकारिता थियो । कांग्रेसले आफ्नो पत्रिकाको माध्यमबाट जनतालाई प्रजातन्त्रको विषयमा सुसूचित गराउँथ्यो भने, कम्युनिष्ट पार्टीहरुले पनि बुलेटिन पत्रिका निकालेर आफ्ना विचार, दृष्टिकोण जनतामाझ पु¥याउँथ्यो । कांग्रेस र कम्युनिष्ट पत्रकारिताको एउटै मिशन भनेको निरंकुश तानाशाही पञ्चायती व्यवस्था ढाल्नु थियो ।

पञ्चायतका विरुद्ध पार्टीका सूचना, समाचार र विचारहरु प्रकाशित गरेवापत कति पत्रिकामाथि सिडिओ, अञ्चलाधीशले प्रतिबन्ध लगाउँथ्यो । कति सम्पादकहरु जेल पर्दथे । तर, पनि मिशन पत्रिकारिताले आफ्नो धर्म छाडेन । कुनै न कुनै रुप वा नामबाट साप्ताहिक पत्रिकाहरुले आफ्नो मिशनलाई तीव्र बनाए । त्यसबीच छलफल, प्रकाशमाथि प्रतिबन्ध लगाएपछि भूमिगत मालेको मुखपत्रका रुपमा दृष्टि साप्ताहिक उदायो ।

दृष्टिको नामै सुन्नासाथ निरंकुश शासकहरु थर्कमान हुन्थे । जेलमा हामीलाई पढ्न पठाएको ‘दृष्टि’ गार्डहरुले बीचमै गायब गर्थे । तैपनि कुनै न कुनै माध्यमबाट ‘दृष्टि’ हामीले पढ्थ्यौँ र देशमा के भइरहेको छ भन्ने कुरा थाहा पाउँथ्यौ । दृष्टि निरन्तर प्रकाशित भइरहेको कुराले म व्यक्तिगत रुपमा खुशी नै छु । दृष्टिसँग हाम्रो वैचारिक मात्र नभएर भावनात्मक सम्बन्ध पनि छ । हामीहरु जेलमा बस्दा पनि हाम्रा लागि लड्ने भनेको ‘दृष्टि’लगायतका साप्ताहिक पत्रिका नै हुन् । पत्रिकामा हाम्राबारे समाचार छापिँदा हाम्रो मनोबल बढ्थ्यो । पत्रिका त्यस्तो शक्ति हो, जसले मानिसको चेतनालाई मात्र जगाउँदैन, त्यसले शक्ति पनि प्रदान गर्छ ।

आज देशमा जुन राजनीतिक परिवर्तन भएको छ, त्यो परिवर्तनको पछाडि मिशन पत्रकारिताको ठूलो योगदान छ । त्यो योगदानलाई लोकतान्त्रिक शासकहरुले बिर्सन हुँदैन । ती शासकहरु आज जहाँ छन्, तिनको जग भनेकै मिडियाको योगदान हो । तीस, तीस वर्षसम्म पञ्चायतले निरंकुश शासन चलाउँदा हामी जेलमा बस्नेहरुले केही गर्न नसके पनि हाम्रा विचारहरुलाई पत्रिकाको माध्यमबाट जनतासमक्ष पु¥याएर जनता जगाउन त्यतिबेलाका पत्रिकाहरुले अतुलनीय योगदान पु¥याएका छन् ।

तर, दुःखको कुरा पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर कलम चलाउने पत्रकारहरु आज पनि रोग, भोक र शोकमा छन् । कति त दिवंगत भइसके । कति पत्रिका आर्थिक अभावले बन्द भइसके । जति चलेका छन्, तिनीहरु पनि आर्थिक अभाव झेलिरहेका छन् । नयाँ नयाँ दैनिक पत्रिका, टेलिभिजन, एफएम रेडियो र अनलाइनहरु आएका छन् । त्यो भीडमा पार्टीको विचार बोक्ने मिशन पत्रकारिता हराएको छ । नेकपाको दुईतिहाइको सरकार हुँदा पनि पार्टीले आफ्ना विचार संवाहक पत्रिकाहरुको संरक्षण गर्न सकेको छैन । नेकपा भनेको कांग्रेसजस्तो भीड जम्मा गर्ने पार्टी होइन । यो त विचारबाट प्रशिक्षित क्याडरहरुको पार्टी हो । ‘क्याडरबेस’ पार्टी भएकोले तिनलाई प्रशिक्षित गर्न पनि पार्टीले मिडिया व्यवस्थापन गर्नुपर्छ । दुईतिहाइको सरकार छ । सरकारको मुखपत्र गोरखापत्र बनेको छ । हिजो निरंकुश तानाशाही व्यवस्थाको गुनगान गर्ने सरकारी सञ्चारमाध्यमले पार्टीको सिद्धान्त, विचार बोक्न सक्दैन । त्यो बोक्ने भनेको पार्टीको आधिकारिक पत्रिकाले हो । जुन कुराको अभाव मैले देखिरहेको छु । मै पनि तिनै बुर्जुवा सञ्चारमाध्यमबाट देशमा के भइरहेको छ भन्ने हेर्न, पढ्न र सुन्न बाध्य छु । यो दुःखको कुरा हो । बुर्जुवाले आफ्नो स्वार्थमा नेताहरुलाई प्रयोग गरिरहेका छन् । त्यो भनेको ‘स्लो प्वाइजन’ हो । एकताका प्रदीप नेपालले पार्टीको मुखपत्रका रुपमा ‘नवयुग’ निकालेका थिए, त्यो पनि हरायो ।

व्यावसायिक पत्रकारिता

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा ठूला मिडियाहाउस स्थापना भए । मिडियामा करोडौँ, अर्बौ लगानी हुन थाल्यो । तिनकै पत्रिका बढी बिक्न थाल्यो । हामी सबै बुर्जुवाहरुले निकालेको पत्रिका पढ्न बाध्य भयौँ । मिडियामा अर्बौ, करोडौँ किन लगानी भइरहेको छ भन्नेतिर हामीले ध्यान पु¥याउन सकेका छैनौँ । विश्वमै साम्राज्यवादीहरुको हतियार मिडिया भएको छ । नेपालमा पनि विभिन्न नाममा साम्राज्यवादीहरुले कम्युनिष्ट आन्दोलन समाप्त पार्न मिडियामा लगानी गरेका छन् । त्यो नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताको लागि खतरनाक कुरा हो । हाम्रा नेताहरु तिनै बुर्जुवा पत्रिकामा अन्तर्वार्ता, लेख छपाउन हानथाप गर्दैछन् । त्यसैमा रमाउँदैछन् । साम्राज्यवादीहरुले हाम्रो अस्तित्व समाप्त पार्न यस्तो षड्यन्त्र गरेको कुरा हामीले बिर्सेका छौँ । ओली र प्रचण्डबीचको द्वन्द्व पनि तिनै मिडियाले उछाल्छन् । ओली र प्रचण्डलाई ‘महाराज’ जस्तो पनि तिनै मिडियाले बनाउँदै आएका छन् । यो उनीहरुको मिशन हो । हाम्रो मिशन खोई ? चुनाव जितियो, मन्त्री भइयो भन्दैमा सबैथोक पुग्यो भन्ने होइन, हामी कम्युनिष्टहरुले के का लागि राजनीति गरेका हौँ ? के का लागि बलिदानी दिएका हौँ ? त्यता पनि हामीले फर्किएर हेर्नुपर्छ ।

मेरो अनुभव नेताहरुलाई तितो लाग्न सक्छ, वास्तविकता भनेको हिजो त्यत्रो त्याग, तपस्या गर्ने नेताहरु आज स्खलित भएका छन् । उनीहरुको चिन्तन, व्यवहार, आचरणले उनीहरु बुर्जुवाभन्दा कम तल्लो स्तरम ाझरेका छन् । सत्तामा पुगेपछि सम्पत्ति जोड्ने, छोराछोरीलाई विदेश पढ्न पठाउने, करोडौँको गाडी चढ्ने हैसियत कम्युनिष्ट भन्ने नेताहरुको कहाँबाट आयो ? कम्युनिष्ट भनेको विचार मात्र होइन, आचरण र व्यवहार पनि हो । मेरो विचारमा कांग्रेस र कम्युनिष्ट एउटै सिक्काका दुई पाटा जस्तो देखिएका छन् ।

राष्ट्रियताको सवाल

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने भनेको कम्युनिष्ट पार्टी नै हो । यसैका लागि नेपाली जनताले नेकपालाई दुईतिहाइको मत दिएको हो । भारतले नेपालको भूमि कब्जा ग¥यो । लिपुलेक, कालपानीदेखि लिम्पियाधुरासम्मको भू–भाग नेपालको हो भन्ने कुरा ऐतिहासिक तथ्य प्रमाण छ । नेपालका हरेक मिडियाले इमान्दारिताका साथ यो मुद्दालाई दिनरात उठाइरहेका छन् । अब यो मुद्दा सुल्झाउने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको हो । किनभने, उनीले अहिले दुईतिहाइको सरकारको नेतृत्व गरिरहेका छन् । भारतीय नाकाबन्दीताका भारतको विरोध गरेर सिंगो नेपाली जनतालाई एक ठाउँ उभ्याउन सक्ने नेताले अब कालापानीको विषयमा पनि सिंगो जनमत एक ठाउँ उभ्याएर वार्ताद्वारा यो समस्याको हल गरिनुपर्छ ।

म त महाकाली सन्धीकै विरोधी मान्छे हुँ । जतिबेला महाकाली सन्धी गर्न ओली, माधव नेपाल, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले हतार गरिरहेका थिए, त्यतिबेलै संसद्मा मैले यो सन्धी गर्न हुन्न, मतदान रोकौँ भनेर आवाज उठाएको थिए । त्यतिबेला गिरिजाप्रसाद कोइरालालाई भेटेरै हतारमा ‘भोटिङ’ नगरौँ भने । उनले हुन्छ भने । वामदेव गौतम पनि त्यसको विपक्षमा थिए । उनलाई पनि ‘भोटिङ’ नगरौँ भने । यसो भनिरहँदा रातको १२ बजेको थियो । तर, अन्ततः महासन्धि रातारात पास भयो । कालापानीको भूमिमाथि अहिले जसरी भारतले दाबी गरेको छ, महाकाली सन्धी पास नगरेको भए कालापानी दाबी गर्न सक्ने थिएन । यो हेपाहा प्रवृत्ति हो ।

जबज र दृष्टि

पाँचौँ महाधिवेशनमा मैले पनि नौलो जनवादको पक्षमा दस्तावेज दर्ता गराएँ । नौलो जनवादबाट मात्रै गरीब, मजदुर, किसानहरुको हित हुनसक्छ भन्ने विश्वास मलाई थियो । म अहिले पनि आफ्नो दृष्टिकोणमा अडिग छु । तर, ‘दृष्टि’ सिंगो पार्टीको मुखपत्र भए पनि ‘दृष्टि’ले मदन भण्डारीको बहुदलीय जनवाद बोक्यो । हाम्रा विचारहरुलाई ठाउँ नै दिइएन । लेख हे¥यो मदन भण्डारी, अन्तर्वार्ता हे¥यो मदन भण्डारी । त्यसपछि मदन भण्डारीको विचार बुझ्न पनि कार्यकर्ताहरु ‘दृष्टि’ पढ्न बाध्य भयो । त्यतिबेला पार्टी प्रतिनिधिका बीच विचार पु¥याउने पत्रिका नै ‘दृष्टि’ भएकोले कहिलेकाहीँ हाम्रो अनुरोधमा हाम्रा कुराहरु छापिन्थे । त्यो पनि कर बलले । नभए दृष्टिमा मदन भण्डारीले कब्जा नै जमाएका थिए । भण्डारीसँग असहमत हुने दृष्टिका सम्पादक रघु पन्त त्यही कारण फालिए । मदनकै रोजाइमा नारायण ढकाल, कमल कोइराला सम्पादक बने । किनभने, मदनले भनेको मान्ने मान्छे नै दृष्टिको सम्पादक हुनुपर्छ भन्ने थियो ।

अहिलेको राजनीतिक परिवर्तन, पार्टी एकता र नयाँ संविधान ‘जबज’कै जगमा टेकेर आएको हो भन्ने दाबी नेकपाका नेताहरुले गरिरहेका छन् । ठिकै छ, उनीहरुले समाजवादको लक्ष्यसम्म देशलाई पु¥याउन सके भने मात्रै त्यो दाबी सही हुनेछ । आशा गरौँ, ओली नेतृत्वको सरकारले राष्ट्रिय एकता, अखण्डता, स्वाधिनताको रक्षा गर्न सकोस् ।

फलामे अनुशासन

आम जनतामा कम्युनिष्ट भन्नासाथ राष्ट्रवादी, स्वच्छ छवि, गरिब, श्रमिक, हलि गोठालाको पार्टी भनेर चिनिन्थ्यो । संगठनको विस्तारमा गाउँका गरिब किसान, शिक्षक, श्रमिक वर्ग, दलित जनजातिहरुले ठूलो सहयोग गर्थे । कम्युनिष्ट भन्नासाथ फलामे अनुशासनको कुरा आउँथ्यो । नैतिकतालाई आफ्नो जीवनको अमूल्य ताज भनिन्थ्यो । दृष्टि पत्रिकामा मोदनाथ प्रश्रितले ‘जीवनको बाटो’ भन्ने स्तम्भमा कार्यकर्ताहरुलाई नैतिकवान बन्न उत्प्रेरित गराउँथ्यो । बिमल निभाको ‘देव्रे कुना’ भन्ने स्तम्भले तत्कालीन पञ्चायती निरंकुश शासकहरुलाई तिखो व्यंग्य गथ्र्यो । त्यतिबेला दृष्टिमा छापिने सामग्रीले माक्र्सवादी धारको प्रतिनिधित्व गथ्र्यो र बुर्जुवाहरुको भण्डाफोर गथ्र्यो । तर, खोई अहिले ?

अहिले त्यस्तो पत्रिका ओझेलमा परेको छ । नेताले बुर्जुवाकै पत्रिका पढ्छन् । त्यही पत्रिकामा लेख, अन्तर्वार्ता दिन्छन् । नेताहरुबाटै फलामे अनुशासन ह्रास भएको छ । आफू हिजो कुन विचार, सिद्धान्तबाट आएको हुँ भन्ने बिर्सिएको छ । कम्युनिष्ट नेताहरु नै जग्गा काण्डदेखि अनेकौँ काण्डमा मुछिएको खबर बुर्जुवा पत्रकारिताले छाप्न थालेको छ । आफू शुद्ध नभई देशमा सुशासन कायम हुन सक्दैन । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालका कम्युनिष्टलाई नैतिकताको पाठ पढाउनु पर्ने अवस्था छ । यस्तो स्थितिमा कम्युनिष्ट धारका सञ्चारमाध्यम अरु सशक्त बन्नुपर्छ । कम्युनिष्टहरुको खोल ओढेर बदनाम गर्नेहरुलाई नांगेझार बनाउनुपर्छ । अनि मात्रै कम्युनिष्ट पार्टीप्रतिको विश्वास जाग्छ । म सक्रिय राजनीतिमा नभए पनि आफ्नो विचारप्रति दृढ छु । राजनीतिमा सक्रिय नेताहरुको गतिविधिलाई नजिकबाट नियालिरहेको छु । प्रधानमन्त्री केपी ओलीसँग भेट नभए पनि उनी कस्ता मान्छे हुन् भन्ने कुरा भित्रदेखि चिन्छु । ओली भारतका पनि विश्वासपात्र भएकोले अहिलेको कालापानी विवाद उनले सुल्झाउन सक्छन् भन्ने विश्वास छ । तर, त्यसका लागि निरन्तर मिडिया र जनताले खबरदारी गर्नैपर्छ । अन्त्यमा, दृष्टिले आफ्नो त्याग, समर्पणको धार नछाडोस् भन्ने शुभकामना दिन चाहन्छु ।

(कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्