Logo
Logo

लुम्बिनी सरकारका लागि आज दावी पेश गरिदैँ


1.4k
Shares

दाङ । लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दावी पेश गरिदैछ ।

मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दावी पेश गर्न लागेको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित वैशाख १४ गते बिहीवार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका छन् ।

प्रदेशप्रमुख शेरचनले मंगलवार जारी गरेको सो सुचना अनुसार आज राजनीतिक दलहरुले दावी पेश गर्न लागेका हुन् ।

नयाँ सरकारका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दावी गरेका छन् । तर, कस्को नेतृत्वमा सरकार गठन हुने हो ? त्यो भने अझै टुंगो लागेको छैनन ।

एक महिना अघि भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेश गरेका थिए ।

यद्दपी दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दावी पेश गर्ने जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्