Logo
Logo

एसिसी कप : नेपालको खराब ब्याटिङ, २१ ओभरमा ६ विकेट गुम्यो


693
Shares

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह एको अन्तिम खेलमा कतारविरुद्ध खराब ब्याटिङ गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २१ ओभरमा सुरुवाती छ विकेट गुमाइसकेको छ ।

नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए ।

नेपालका सुरुवाती दुवै विकेट कतारका गयान मुनवीराले लिए । ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट भए। कप्तान रोहितकुमार पौडेल चौथो विकेटको रुपमा २७ रन बनाएर आउट भए । उनले ३६ बलमा २ चौका प्रहार गरे ।

कुशल मल्ल पाँचौ विकेटको रुपमा १७.१ ओभरमा आउट भए । उनले ३ रन मात्र जोड्न सके । यस्तै सोमपाल कामी ११ रनमा आउट भए। नेपालले २१ ओभरमा ६ विकेट गुमाउँदा ८४ रन जोडेको स्थिति थियो ।

बलिङमा कतारका मुनवीरा र ओवाइस अहमेदले २-२ विकेट लिएका छन् । नेपालका लागि अहिले दीपेन्द्रसिंह ऐरी र आरिफ शेख ब्याटिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्