Logo
Logo

ओलीको आरोप- मलाई हमला गर्न खोज्नेहरु प्रचण्ड र माधवका कार्यकर्ता हुन्


2.1k
Shares

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवका कार्यकर्ताद्वारा आफूमाथि भौतिक हमलाको प्रयासको भएको आरोप लगाएका छन् ।

एमाले इलाम जिल्ला अधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठक उद्घाटनका लागि बिहीबार इलाम जाने क्रममा कोशी प्रदेशविरुद्ध आन्दोलनका क्रममा ओलीले आफू र प्रहरी सुरक्षाकर्मीमाथिको हमलामा प्रचण्ड–माधवका कार्यकर्ता संलग्न दाबी गरेका हुन् । ओली इलाम जानेक्रममा कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै आएकाले अवरोध गर्न खोज्दा केही सुरक्षाकर्मी घाइते भएका छन् ।

अध्यक्ष ओलीले प्रहरीलाई हड्डी भाँच्ने क्रममा पक्राउ परेकाहरूको समर्थनमा माओवादी र नेकपा एसका नेताहरू छुटाउँछौ भन्दै गएको बताए । उनले एमालेले सहनुको अर्थ कमजोर भएर होइन, प्रतिकार गर्नुपरेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए ।

‘हिजो ढुंगामुढा गर्ने ज्यान मार्ने उद्योग गर्नेहरू को हुन् ? प्रदेशको नाम के राख्ने कोशी राख्ने कि सगरमाथा राख्ने ? ड्यूटीमा खटिएको प्रहरी हवल्दारलाई के मतलब ?’ ओलीले भने, ‘जागिर खाएर ड्यूटीमा बसेका मान्छेको टाउको फुटाउने आतंककारी हुन् । यो राजनीति हो ? यिनीहरूले हो कोशी प्रदेश बनाएको ? यी मान्छेहरूलाई समाउँदा प्रचण्ड र माकुनेका मान्छे छुटाउन कुदेर पुगेछन् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कोशी प्रदेशमा भइरहेका अराजक घटनामा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखिएको बताए ।

ओलीले भने, ‘यी घटनामा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखियो । हामी सरकारको व्यवहार हेर्छौं । हामी कसैसँग निहुंँ खोज्न जाँदैनौं, झगडा गर्न जाँदैनौं । तर, अति भयो भने जवाफी कारबाही गर्नुपर्ने हुन्छ । त्यो अलिकति महँगो पर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्