Logo
Logo

एसीसी प्रिमियर कप : कतारले ८ विकेट गुमायो


1.3k
Shares

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गरेको छ ।

नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २३ ओभरमा ८ विकेट गुमाउँदै ८० रन बनाएर खेलिरहेको छ ।

आठौं विकेटको रुपमा सन्दीप लामिछानेले खुराम शाहजादलाई आउट गरे । नेपालका लागि सन्दीप र सोमपाल कामीले तीन÷तीन विकेट लिइसकेका छन् भने ललितनारायण राजवंशीले दुई विकेट हात पारेका छन् ।

त्यसअघि अमिर फारुक १४ रनमा ललितनारायण राजवंशीको बलमा आउट भए । कप्तान मोहमद रिजलान ४ रनमा सन्दीप लामिछानेको बलमा आउट भए । इक्रमुल्लाह खान ५ रनमा सोमपालको बलमा भीम सार्कीबाट क्याच भए ।

सोमापालले यसअघि मोहमद तनविर शून्य र इमल लियानेजलाई ६ रनमा बोल्ड गरेका थिए ।यस्तै जाहीर इब्राहिमलाई सन्दीप लामिछानले १५ रनमा आरिफ शेखबाट क्याच गराए ।

कतारका ओपनर कमरान खानलाई नेपालका ललितनारायण राजवंशीले ८ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्