Logo
Logo

एमालेको अगाडि देखिएको चुनौतीलाई अवसरमा बदल्छौँ : सुवास नेम्बाङ


693
Shares

इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमालेको अगाडि ठूलो चुनौती देखापरेको भन्दै त्यसलाई अवसरमा बदलेर अघि बढ्ने बताएका छन् ।

बिहीबार इलाम जिल्ला प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले संसदीय मान्यता, संविधानविपरीत एमालेविरुद्ध प्रहार भइरहेको दावी गरे । ‘हामीमाथिको घेराबन्दीलाई पराजित गर्दै उठ्नुपर्छ । हामीविरुद्धको घेराबन्दी निरन्तर जारी छ । त्यो घेराबन्दीविरुद्ध निरन्तर डटेर केपी ओलीको नेतृत्वमा यहाँसम्म आइपुगेका छौं । हामी यो घेराबन्दीलाई तोड्नेछौं ।’

उनले घेराबन्दीका बीच पनि स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले ठूलो उपलब्धि प्राप्त गरेको बताउँदै भने, ‘लोकप्रिय मतको आधारमा सबैभन्दा ठूलो पार्टी एमाले बनेको छ ।’

उनले अहिलेको गठबन्धन सरकारले संसद्लाई विजनेश दिन नसक्ने समेत बताए । उनले भने, ‘अहिले गठबन्धनको सरकार कसरी चलिरहेको छ, त्यो यहाँहरूले देखिराख्नुभएको छ । अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएका छैन । यो सरकार संसद्लाई विजनेश दिन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्