Logo
Logo

राष्ट्रसंघद्वारा चाडमा एक हजार बढी सुडानी शरणार्थी परिवार दर्ता


एजेन्सी


याउण्डे । सशस्त्र द्वन्द्व चलिरहेको छिमेकी सुडानबाट चाडमा प्रवेश गरेका एक हजारभन्दा बढी परिवारहरूलाई संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले यहाँ दर्ता गरेको छ । एजेन्सीका चाडस्थित प्रतिनिधि लाउरा लो क्यास्ट्रोले बताएअनुसार पूर्वी चाडमा सुडानी शरणार्थीहरूको आगमन बढ्दो छ ।

फाइल फोटो

अप्रिल २५ गतेदेखि यहाँ शरणार्थीको प्रारम्भिक दर्ता शुरु गरिएको हो । क्यास्ट्रोले यसअघि समस्याग्रस्त सुडानबाट १० हजारदेखि २० हजार मानिसहरू चाडमा भागेको अनुमान गरेका थिए ।

त्यस्तै विश्व खाद्य कार्यक्रम, युनएचसीआर, संयुक्त राष्ट्रसंघ बालकोष र चाडको राष्ट्रिय आयोगबीच शरणार्थी व्यवस्थापन का निम्ति संयुक्त मिसन सञ्चालन गरिएको छ ।

संयुक्त राष्ट्रसंघले गत हप्ता चेतावनी दिदै नयाँ आगमनहरू बढ्दो मानवीय आवश्यकताहरू र ‘दीर्घकालीन’ रूपमा बढ्न सक्ने र बजेट अभावले गर्दा समस्या समाधानमा थप जटिलता आउँन सक्ने प्रक्षेपण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्