Logo
Logo

नाटोद्वारा युक्रनेलाई १ हजार ५५० बख्तबन्द र २३० वटा ट्यांक प्रदान


एजेन्सी


ब्रसेल्स । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र उसका साझेदारहरूले युक्रेनलाई उसको गुमेको भूभाग रुसबाट फिर्ता लिन बृहत् सैन्य सहयोग उपलव्ध गराएका छन् ।

नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गका अनुसार युक्रेनलाई एक हजार पाँच सय ५० वटा बख्तबन्द गाडी र दुई सय ३० वटा ट्यांक प्रदान गरिएको छ । अघिल्लो वर्षको फेब्रुरीमा युक्रेनमाथि रुसी हमला भएपछि प्रदान गरिएको सैन्य सहयोगमा यो सबैभन्दा ठूलो हो ।

बिहीबार ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा नाटो प्रमुखले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ९८ प्रतिशत सैन्य सहायता नाटोबाट प्रदान गरिएको जानकारी दिए । युक्रेनका नौ वटा नयाँ ब्रिगेडलाई तालिम दिइएको तथा ती युद्धदस्तालाई हातहतियारले सुसज्जित गरिएको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्