
काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध नेपालले ६ विकेट लिएको छ ।
वर्षाका कारण रोकिएको खेल सुरु भएसँगै नेपालका गुल्सन झाले विकेट लिँदै नेपनललाई छैठौं सफलता दिलाएका हुन् ।
त्यसअघि नेपालका करण केसीको २ विकेट र ललितनारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए । युएईले ६० रनमा ५ विकेट गुमाएको थियो ।
अहिले युएई २४ ओभरमा ६ विकेट गुमाएर ९६ रन बनाउँदै खेलिरहेको छ ।











