Logo
Logo

नेपाल र युएईको बाँकी फाइनल खेल सुरु


441
Shares

काठमाडौ । नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल सुरू भएको छ ।

नेपालमा जारी एसीसी प्रिमियम कप क्रिकेटको सोमबारको खेल बर्षाका कारण रोकिन पुगेको बाँकी खेल पुरा गर्नका लागि आज पुनस् खेल सुरु भएको हो ।

त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला बर्षाका कारण रोकिन पुगेको थियो ।

आज युएईले १०६–९ को स्थितिबाटै ब्याटिङ सुरु गरेको हो । बलिङमा ललित राजबंशी छन्। भने ब्याटिङमा यूएईको तर्फबाट अन्तिम जोडी कार्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा छन्।

नेपालले आक्रमक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिए पछि पहिलो पटक बर्षाको कारण रोकिन पुगेको खेल पुनः सुचारु गरिएको थियो ।

तर, दोस्रो पटक पुनः सुचारु गरिए पनि बर्षा सुरु भए पछि केही समयका लागि रोकिएको थियो तर ३ः३० बजेसम्म पनि बर्षा रोकिन छाँटकाट नदेखिए पछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो ।

हिजो भएको खेलमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट झारेका थिए । सोमपाल कामी र गुल्सन झाले भने समान १–१ विकेट लिए पछि युएई दबाबमा परेको थियो ।

हिजो भएको खेलमा अब नेपाल युएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको छ । हिजो स्थगित भएको स्थानवाट नेपालले आज बलिङ सुरु गर्नेछ । नेपाल टस हारेर हिजो बलिङमा गएको थियो ।

प्रतिक्रिया दिनुहोस्