
काठमाडौं । एसीसी प्रिमियर कपको काठमाडौंमा जारी फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले सुरुवातमै ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।
यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १.२ ओभरमै पहिलो विकेट गुमाएको हो ।
८ बलको सामना गरेका कुशल १ रनमा रोहन मुस्तफाको बलमा एलबीडब्ल्यू धरापमा परे। नेपालले जितका लागि २० ओभरमा बिनाविकेटको क्षतिमा २८ रन बनाउनुपर्ने थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएई ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भयो ।











