Logo
Logo

गुल्सनको प्रहारबाट प्यारापिट बाहिर गएको बल कसले लग्यो ?


11k
Shares

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल खेल नेपाल र युएईबीच भइरहेको छ । टियु मैदानमा जारी खेलमा खराब सुरुआत गरेको नेपालले लगातार तेस्रो विकेट गुमाएको छ । त्रिवि मैदानमा नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख आउट भएका हुन् ।

खेलको १८औं ओभरको दोस्रो बलमा गुल्सन झाले प्रहार गरेको शानदार सट प्यारापिटबाहिर पुगेको थियो । समर्थकले भेट्टाएको त्यो बल मैदानमा पुनः फिर्ता नै आएन । त्यसपछि प्यारापिटमा रहेका समर्थकले ‘बल दे’ भन्दै ठूलो स्वरमा नारा लगाएका थिए । अहिले नयाँ बलले खेल खेलिँदै छ ।

नेपालका ओपनर कुशल भुर्तेल त दोस्रो ओभरमै आउट भएका थिए । उनले आठ रन मात्र बनाए । त्यस्तै, खेलको तेस्रो नम्बरमा मैदान प्रवेश गरेका गुल्सन झा भने मैदानमा टिकेर खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्