Logo
Logo

कोशी प्रदेश लेखिएको ब्यानर नराखिएको भन्दै सदस्य सचिव वाग्लेलाई स्पष्टीकरण


2.8k
Shares

विराटनगर । कोशी प्रदेश लेखिएको ब्यानर नराखिएको भन्दै सामाजिक विकास मन्त्रालयले खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई स्पष्टीकरण सोधेको छ ।

प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा बैशाक १४ गते देखी १६ गते सम्म दमकमा आयोजित प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले वाग्लेलाई स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयले १९ गते बैक खाता समेत रोक्का गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रभु बैकलाई पत्राचार गर्दै खाता रोक्का गरिदिन भनेको हो ।

वाग्लेलाई तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गरेका थिए । अहिले प्रदेशमा एमाले नेतृत्वको सरकार छ । सामाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारी एमालेका हुन ।

प्रतिक्रिया दिनुहोस्