विराटनगर । विराटनगरबाट ५४ तोला सुन र साढे ७ लाख भारतीय रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो । पक्रउ परेका विनोद मुरारका विराटनगरको केएल दुगर समूहका लेखापाल हुन् भने पुष्पा नेपाली नागरिक हुन् । उनीहरूको साथबाट ८ किलो चाँदीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
को २ च १४९५ नम्बरको कारमा भारत ती अवैध सुन र भारु लैजाने तयारी गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए ।











