Logo
Logo

एन्फाकाे आकस्मिक बैठक बस्दै


1.8k
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने भएको हो ।

एन्फा महासचिव किरण राईले पदाधिकारी तथा सदस्यहरुलाई पत्र पठाएर आज सोमबार दिउँसो २ बजे बस्ने आकस्मिक बैठकमा उपस्थित हुन भनेका छन् ।

‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ ( २ ) वमोजिम विशेष परिस्थितिमा कार्यसमितिको आकस्मिक बैठक राखिएको हुँदा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ,’ पत्रमा उल्लेख छ ।

यसअघि गत वर्षको फागुनमा भएको बैठकमा भने कार्यसमिति सदस्यबीच झण्डै हात हालाहाल भएको थियो । तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही, दिपक खतिवडालगायतका सदस्यहरूले एन्फाको कार्यसमिति बैठक बहिस्कार गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्