Logo
Logo

विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ लोकार्पण 



काठमाडौं । पर्यावरणविद तथा वातावरण संरक्षण अभियन्ता विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरेको रेलिमाई’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा एक समारोहबीच उक्त पुस्तक लोकार्पण गरिएको हो ।

लामो  समयदेखि बेलायत सरकारसँग आवद्ध रहेर पर्यावरणविदका रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण  संरक्षणको निम्ति सक्रिय  अभियन्ताको रुपमा परिचित  छन् । 

पूर्व गोर्खा सैनिक हितानले यसपालि भने एक ऐतिहासिक युद्ध उपन्यास लेखेर नेपाली साहित्यको बगैँचामा एउटा फूलको वृक्षारोपण गरेका छन् । 

सांग्रिला प्रकाशनगृहले प्रकाशन  गरेको लाहुरेको रेलिमाई मास्टर मित्रसनको जीवनीमा आधारित एक आख्यान हो । यो कृतिले नेपाली पाठकहरूलाई  गोर्खा लाहुरे र प्रथम विश्वयुद्वमा नजिकबाट बुझ्न सहज बनाउनेछ । 

सेनाको मनोविज्ञानलाई अत्यन्तै सजीव रुपमा प्रस्तुत गरिएको यो कृतिमाथि लेखक स्वयं र वक्ताहरू प्रा.डा. गोविन्द राज भट्टराई, नेपाली चलचित्र तथा संगीतविज्ञ प्रकाश सायमी , र कवि विमला तुम्खेवाले आ-आफ्नो  अभिव्यक्ति राखेका थिए  । 

लेखक र समालोचक राजकुमार बनियाले कार्यक्रमलाई अन्तरकृयात्मक ढंगले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्