Logo
Logo

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव १०.५ प्रतिशत



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्स सञ्चालक समितिको सोमबारको बैठकले लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७७/७८ नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

समितिले उक्त आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पुँजी २ अर्बको १०.५२६ प्रतिशतले लाभांश बाँड्ने प्रस्ताव गरेको छ ।

लाभांशमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने २० करोड बराबरको बोनस सेयर वितरण गर्ने निर्णय समितिको छ। यस्तै कर प्रयोजनका लागि ०.५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख बराबरको नगद लाभांश वितरण गरिने छ ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि कम्पनीले नेपाल बीमा प्राधिकरणमा पेस गर्ने तयारी गरिरहेको छ । प्रस्तावित लाभांश प्राधिकरणबाट स्वीकृति पाएपछि कम्पनीले आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्नेछ ।

सभाबाट पारित भएपछि मात्र सो लाभांश लगानीकर्ताहरुमा वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्