Logo
Logo

गण्डकीमा नवनियुक्त मन्त्रीले लिए सपथ



काठमाडौं । गण्डकीका नवनियुक्त मन्त्रीले शुक्रबार प्रदेश प्रमुख निवासमा सपथ लिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री सुरेन्द्रराजले शुक्रबार बिहान कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

यस्तै मुख्यमन्त्री पाण्डेले माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ खुवाएका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्