Logo
Logo

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन



विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणमा म्छिएका सबै अपराधीलाई कडा कारबाही गनए माग गर्दै नेकपा एकीकृत समाजवादीले शुक्रबार विराटनगरमा प्रदर्शन गरेको छ ।

पार्टीको महानगर कमिटीले आयोजना गरेको खबरदारी प्रदर्शनमा सरकारका गृहमन्त्रीलाई खुट्टा नकमाउन समेत आग्रह गरेका थिए । विरोध प्रदर्शनपछि विराटनगरको बुधहाटचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै तहका व्यक्ति भएपनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले अहिलेसम्म गरिएको प्रहरी अनुसन्धान र कारबाही सन्तोषजनक भएकाले जनता साथमा छन् भन्नका खातिर सडकमा आएको बताए । उनीहरूले सरकारले भ्रष्टाचारविरुद्ध सशक्त कदम चालेको भन्दै प्रशंसासमेत गरेका छन् ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले नक्कली भुटानी शरणार्थी काण्ड विश्वकासामु शीर निहुराउने खालको लज्जास्पद घटना भएको बताए । उनले यो घटनामा संलग्न व्यक्ति जतिसुकै ठूलो ओहोदाको भएपनि कारबाही गर्नुपर्नेमा जोड दिए ।

कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा महानगर कमिटी इञ्चार्ज सेवन्तराज भण्डारी, महानगर कमिटी अध्यक्ष वीरेन्द्र यादव, जिल्ला कमिटी सहसचिव निलम ढुंगेल, महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरेलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्