Logo
Logo

‘चरीमाई’ उपन्यास सार्वजनिक



काठमाडौं । उपन्यासकार अन्जना पौडेलद्वारा लिखित ‘चरीमाई’ उपन्यास सार्वजनिक गरिएको छ ।

शताब्दी साहित्य प्रतिष्ठान र इन्डिगो प्रकाशनले यहाँ आज आयोजना गरेको कार्यक्रममा प्राडा विन्जु शर्माले सो उपन्यासको विमोचन गरेका हुन् । चेलीबेटी बेचबिखनको सवाललाई समावेश गरिएको सो उपन्यासलाई इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको हो ।

‘चरीमाई’ का लेखिका पौडेलले आफ्नो उपन्यास बेचिएका हजारौँ दिदिबहिनीहरुको न्यायको लडाइँमा आफैँलाई आहुति दिने सम्पूर्ण चेलीहरुप्रति सम्पूर्ण गरे । उपन्यासकार पौडेल लेखनका साथसाथै मानवशाशीमा विद्यावारिधि गरिरहनुभएकी एक अनुसन्धाता र प्राध्यापक हुन् ।

उनले यसअघि कथा, कविता, गीत, हाइकु र मुक्तसमेत प्रकाशन गरिसकेका छन् । ‘चरीमाई’ भने उनको पहिलो उपन्यास हो ।

उपन्यासकार पौडेलले भने, ‘चरीमाई बेचबिखनमा परेका सीमान्तकृत चेलीहरुको सामूहिक स्वर हो ।’ सोही अवसरमा प्राडा शर्माले ‘चरीमाई’ उपन्यास चेलीबेची बेचबिखनविरुद्धको सशक्त उपन्यास भएको टिप्पणी गरे ।

उपन्यासबारे भूमिका लेख्दै उपन्यासकार कृष्ण धरावासीले भने, ‘आज पनि ग्रामीण चेलीहरु देशभित्रकै सहरका होटलहरुमा ओछ्यान बन्न बाध्य छन्, भारतका यौन बजारहरुमा बेचिरहेका छन्, यस्ता बेतामा यही विषयलाई केन्द्रमा राखेर बारम्बार सम्झाइरहने काम चाहिँ लेखकहरुकै हो, यो पुस्तकले पनि त्यही काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्