Logo
Logo

बागमतीमा टुङ्गियो मन्त्रालयको भागबण्डा, कसलाई कति ?



काठमाडौं । सत्तारुढ दलहरुमा बागमती प्रदेशको मन्त्रालय भागबण्डामा सहमती जुटेको छ । आज (शुक्रबार) बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले बाग्मतीकाे मन्त्रालय भागबण्डा टुङ्गो लगाएको हो ।

भागबण्डाको टुङ्गो नलाग्दा मन्त्रिपरिषद् विस्तार ढिलाइ भइरहेका बेला बालुवाटारमा प्रदेशका नेताहरूसहित बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले मन्त्रालय भागबण्डामा सहमति गरेका छन् ।

बागमती प्रदेशमा खालि रहेका ५ मन्त्रालयमध्ये कांग्रेसले ३ र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बागमतीमा ६ मन्त्रालय पाउनुपर्ने अडान लिँदै आएको कांग्रेसले ५ मन्त्रालय मात्रै पाउने भएको छ। बालुवाटार बैठकले एकीकृत समाजवादीलाई दाबी गरे अनुसारकै २ मन्त्रालय दिएको छ।

काँग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रामकृष्ण चित्रकारले आफूहरूलाई ५ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको बताए।

११ सदस्यीय मन्त्रिपरिषदमा अहिले माओवादीबाट ४ र काँग्रेसबाट २ मन्त्री छन्। बागमतीमा राज्यमन्त्रीको संरचना छैन। राज्यमन्त्री थप गर्ने विषय प्रदेशमै छलफल गरी निर्णय गर्ने र एक–दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्