Logo

मधेस सरकारको नेतृत्व आलोपालो गर्ने सहमति



काठमाडौं । सत्तारुढ गठबन्धनबीच मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुनेछन् । नेपाली कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिए ।

नेता यादवका अनुसार मधेस प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने र तत्काल यही सरकारमा रहने भन्ने भएको छ । तर, अर्को कार्यकालमा कुन पार्टीको सरकार बन्ने भन्ने चाहिँ निर्णय भएको छैन । जनमत पार्टीलाई पनि सरकारमै राख्ने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्