काठमाडौँ । नेएकपा एमाले सचिव तथा सांसद योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रम मुटु भएको टिप्पणी गरेका छ्न् । शुक्रबार संसद् भावनबाट बाहिरिने क्रममा उनले सो टिप्पणी गरेका हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको नीति तथा कार्यक्रम कुनै सपना नभएको बताए । उनले भने, ‘भने, ज्यान भएको जीवन भएको यसमा कुनै सपना छैन । जोस छैन जाँगर छैन र आजको तमाम समस्याको समाधान गर्ने कुनै त्यस्तो ठोस उपायहरु छैन । भएर भरका सबै कुरा छन् तर केही पनि छैन । यसले आजको चुनौतीहरूको ठोस र प्रभावकारी कार्ययोजनाहरू छैनन् ।’











