काठमाडौं । सरकारले ठूला शहरहरूमा मेट्रो र मोनो रेलको अध्ययन गर्ने पुनः घोषणा गरेको छ ।

शुक्रबार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मेट्रो र मोनो रेलको अध्ययन गर्ने घोषणा गरेका हुन् ।
पौडेलले प्रदेश तथा स्थानीय तहको समन्वयमा मेट्रो, मोनो र ट्राम निर्माण तथा सञ्जालको अध्ययन गर्ने उल्लेख गरे ।
यस्तै, सरकारले कोशी, गण्डकी, कर्णाली, भेरी लगायत प्रमुख नदीमा जलमार्ग विकासको लागि आवश्यक योजना निर्माण गर्ने बताएका छन् ।











