Logo
Logo

स्पन्दन सुब्बाले जिते द भ्वाइस किड्स सिजन २ को उपाधि



काठमाडौं । भ्वाइस किड्स सिजन- २ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार राती भएको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमेका हुन् ।

फिनालेमा सुब्बासहितका ८ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे ।

उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद प्राप्त गरे । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो ।

प्रतिक्रिया दिनुहोस्