Logo
Logo

सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुँदै



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार आज (शनिबार) विस्तार हुने भएको छ। शुक्रबार नै सरकार विस्तारगर्ने भनिए पनि सत्तारुढ दलबीच सहमति नजुटेपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो।

सुदूरपश्चिममा अहिले खाली रहेको चार मन्त्रालयमा ​मन्त्री नियुक्त गर्न लागेको हो । आज माओवादी केन्द्रबाट २ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने तायरी गरेको छ भने नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय दावी गरेको छ । त्यसैगरी नेपाली कांग्रेसबाट १ मन्त्रालयमा दावी गरेको छ । चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न सकस परेको हो ।

माओवादी संसदीय दलका नेता खगराज भट्टका अनुसार माओवादीबाट झपटबहादुर साउद र रमेश सिंह धामी मन्त्री र गीतादेवी माल राज्यमन्त्री बन्ने छन्। कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने तयारी गरेको छ। तर नाम टुंगो लगाउन बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस र माओवादीले नागरिक उन्मुक्तिलाई एक मन्त्रालयमा मनाउने प्रयास गरिरहेका छन् । उन्मुक्ति सहमतिमा नआए कांग्रेस र माओवादीका मन्त्रीले बिहान ११ बजे शपथ लिने तयारी गरेको भट्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्