Logo

सुदूरपश्चिम प्रदेश सभा बैठक आज बस्दै



कैलाली । सुदूरपश्चिम प्रदेश सभा बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । दिउँसो २ बजे बस्ने बैठकको कार्यसूची तयार गर्न ११ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।

आज करिब अढाई महिना पछि प्रदेश सभाको बैठक बस्न लागेको हो । यस अघि २१ फागुनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएको थियो ।

त्यसपछि आजसम्म अर्को बैठक बसेको थिएन ।

प्रतिक्रिया दिनुहोस्