Logo
Logo

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरुले लिए शपथ



सुर्खेत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि सत्तारुढ दलहरुबीच सहमति हुननसक्दा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन् ।

नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकासमन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको शपथ लिएका छन् । नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्