Logo
Logo

पत्रकार खड्कालाई ‘जनपक्षीय पत्रकारिता पुरस्कार’


567
Shares

बनेपा । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का ‘जनपक्षीय पत्रकारिता परस्कार–२०८०’बाट सम्मानिन भएका छन् । प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको वार्षिक साधारणसभामा दोलखाका पत्रकार लक्ष्मण खड्कालाई उक्त पुरस्कार प्रदान गरेको हो ।

पत्रकारिताको क्षेत्रबाट मुलुकको परिवर्तन, विकास र समृद्धिका साथै प्रेस सेन्टर नेपालको संस्थागत विकासमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै पत्रकार खड्कालाई सम्मान गरेको सेन्टरले जनाएको छ । उहाँलाई सम्मानपत्रसहित नगद रु २५ हजार प्रदान गरिएको छ ।

दोलखा जिल्लाबाट लामो समयसम्म राजनधानी दैनिक र नयाँ पत्रिका दैनिकमा आबद्ध रहेर पत्रकारिता गर्नुका साथै सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का केन्द्रीय कोषाध्यक्षको भूमिकासमेत सम्हालिसकेका छन् । उनी हाल प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्जको जिम्मेवारीमा छन् ।

उनले दोलखा जिल्लाबाट सामुदायिक रेडियो ‘हाम्रो रेडियो’ दोलखा र ‘जिरी एफएम’ जिरी तथा ‘हाम्रो अपडेट डटकम’ अनलाइन सञ्चालन गर्दै आएका छन् । प्रेस सेन्टर बागमती प्रदेश समितिका अध्यक्ष यदुनाथ गौतमले पत्रकारिताको क्षेत्रबाट मुलुकको परिवर्तन, विकास र समृद्धिका साथै प्रेस सेन्टर नेपालको संस्थागत विकास पु¥याएको योगदानको कदरस्वरुप वार्षिकरूपमा एक जनालाई नगदसहित पुरस्कृत गर्दै आएको बताए ।

धुलिखेलमा भएको साधारणसभाले सेन्टरको आगामी जेठ १३ र १४ गते हुने केन्द्रीय साधारणसभामा प्रस्तुत हुने विषयमा नीति निर्माण गर्नका लागि आवश्यक विषयवस्तुमाथि छलफल गरेको छ । साथै हालसम्मको समीक्षा तथा सेन्टरको जिल्ला समन्वय समितिलाई सक्रिय बनाउने विषयमा छलफल भएको अध्यक्ष गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्