Logo
Logo

लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए शपथ



काठमाडौं । लुम्बिनी प्रदेशमा थप तीन जनाले मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमवार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

सोमबार नयाँ मन्त्रीको रुपमा नेपाली काँग्रेसका नेता राजु खनाल स्वास्थ्य मन्त्री,जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमी व्यवस्था मन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिनुभएको हो । त्यस्तै त्यसअघि नियुक्त भएका लोसपाका सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिएईको छ ।

यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् । सोही कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ताका रुपमा वरिष्ठ अधिवक्ता प्रा।डा बुद्ध बहादुर थापाले पद तथा गोपनियताको सपथ लिएको छन् ।

प्रतिक्रिया दिनुहोस्